Comments Add Comment

फिल्म समीक्षाः संघर्ष र उत्साहको कथामा ‘गल्ली ब्वाई’

वैंशालु जोडी प्रणय दिवसको उल्लासमा रमाइरहेको बेला सिनेमा घरले युवा संघर्ष र उमंगको कथा भनिरहेको छ । चलचित्र हो, गल्ली ब्वाई । रणवीर सिंह स्टारर यो फिल्म जोय अख्तरले निर्देशन गरेका हुन् ।

केही समयअघि बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड पि्रमियर गरिएको फिल्मले प्रदर्शनअघि नै सानोतिनो हलचल मच्याइसकेको छ । विहिबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मलाई भारितय मिडियाले खुब प्रसंशा गरेको छ । एउटा मामुली युवाको कथाले आज सिल्भर स्क्रिनमा धमकेदार ओपनिङ गरेको छ ।

हामीकहाँ पनि एउटा पुस्ता छ, जो र्‍याप संगीतमा औधी रुची राख्छन् । उनीहरुको आफ्नै संघर्ष र सफलताको कथा होला । यस्तै कथा जोय अख्तरले पस्किएका हुन्, गल्ली ब्वाईमा । भारतका दुई युवा डिवाइन र नेजी, जो र्‍याप संगीतबाट उदाएका छन्, उनीहरुकै जीवनमा आधारित कथा हो यो फिल्म ।

कस्तो छ कथा ?

मुराद (रणवीर सिंह) एक कलेज छात्र हुन्, जो मुम्बईको झुपडी-बस्ती धारवीमा बस्छन् । ऊ एक मेडिकलका विद्यार्थी सफीना (आलिया भट्ट)को रिलेशनशिपमा छन्, जो एक रुढिवादी उच्च जातिका मुस्लिम परिवारकी हुन् ।

मुरादको घरमा आफ्नै महाभारत छ । उनका पिता शाकिर -विजय राज)ले सौतेनी आमा भित्र्याएका छन् । यसैबीच एक दिन र्‍यापर एमसी शेर (शिद्धान्त चर्तुवेदी) मुरादको कलेजमा आफ्नो प्रस्तुती दिन्छन् । त्यो धमकेदार प्रस्तुतीबाट राद प्रभावित हुन्छन् ।

यता एमशी शेर पनि मुरादलाई अगाडि बढाउन प्रेरित गर्छ । उसलाई सार्वजनिक रुपमा र्‍याप गर्नका लागि उक्साउँछ । यद्यपी मुराद आफ्नो इच्छा परिपूर्तिका खातिर समय दिन सक्दैनन् । किनभने उसलाई आफ्नो पिताको काममा सघाउनुपर्ने बाध्यता छ । उनको पिताको खुट्टा भाँचिएको छ । आफ्नो सामाजिक स्थितीको कारण उनलाई अगाडि बढ्न निकै कठिन छ । उनी आफ्नो उदेश्य पुरा गर्न तत्पर छन् । अब कथामा स्काई (कल्कि कोचलिन)को इन्ट्री हुन्छ । स्काई फरेन एक कलेजमा संगीतको पढाई गरिरहेकी छिन् । उनी गल्ली ब्वाईको नाममा चिनिदै गएका मुराद र शेरासँग र्‍याप भिडियो बनाउँछिन् । यसपछि उनीहरुले कसरी सफलता प्राप्त गर्छन् ? त्यसबीचमा के-कस्ता संघर्ष गर्नुपर्छ ? २ घण्टा लामो फिल्मले यही कथा भन्छ ।

किन हेर्ने फिल्म ?

रीमा कागती र जोया अख्तरको यो कथाले दर्शकलाई अविचलित पर्दामा टिकाइराख्छ । मुरादको भूमिका र उसको आसपासको दुनियालाई एकदमै रचनात्मक ढंगले देखाइएको छ ।

लेखकले के कुरामा ध्यान दिएका छन् भने, यो फिल्म केवल एक र्‍यापरको सोलो कथा होइन । यो फिल्मले युवा संघर्ष, उत्साह, उमंग, महत्वकांक्षालाई दर्शाएको छ । साथै गरीबी, समाजिक स्तर, बाल अपारध, बहु विवाह आदि विषयमा टिप्पणी गर्छ ।

रीमा कागती र जोया अख्तरको पटकथा अत्याधिक प्रभावकारी छ । फिल्मको लागि एकदमै धेरे रिसर्च गरिएको छ । कतिपय सिक्वेन्स रहरलाग्दो छ । विजय मौर्यको संवादले फिल्मको प्रभाव थप पढाउँछ । मुरादको कविता जावेद अख्तरले लेखेका हुन्, त्यसमा उनको आकर्षण पाइन्छ ।

जोया अख्तरको निर्देशन आफैमा अनुकरणिय लाग्नेछ, गल्ली ब्वाई हेरेपछि ।

यो फिल्म रणवीर सिंहको पनि फिल्म हो । उनी आफ्नो चरित्रलाई हदैसम्म न्याय गर्ने अभिनेता हुन् भन्नका लागि दुई पटक सोचिरहनुपर्दैन । चाहे सिम्बाको रुपमा होस् वा खिलजीको, चाहे गल्ली ब्वाईको, हरेकमा उनी जिवन्त लाग्छन् । स्वभाविक लाग्छन् ।

फिल्ममा आलियाको भूमिकाले महिला शसक्तिकरणको उदाहरण पेश गरेको छ । आलिया र रणवीरको केमेस्ट्रीले पनि दर्शकलाई तान्छ । कल्कि कोचलिनको भूमिका सम्झनलायक छ । आफ्नो पहिलो फिल्मबाटै सिद्धान्त चतुर्वेदीले देखाइसकेका छन् कि उनी लामो दौडका घोडा हुन् ।

जय ओजाको क्यामेराबाट हरेक दृश्यमा मुम्बईको गल्लीलाई आकर्षक ढंगले देखाइएको छ । यस्तो लाग्छ कि, यी गल्लीहरु बोलिरहेका छन् । नितिन बैदीको एडिटिङ शानदार छ ।

के छ कमजोरी ?

यो फिल्म मसलेदार वा औसत मनोरञ्जनात्मक फिल्म होइन । जो दर्शक मसलेदार फिल्ममा रमाउँछन्, उनीहरुले यसबाट पूर्ण सन्तुष्टि नलिन पनि सक्छन् । फिल्म गल्ली ब्वाई थोरै सुस्त पनि लाग्नसक्छ । यसको कथा एकदम सरल छ । यसको क्लाइमेक्सले पनि दर्शकलाई निरास तुल्याउन सक्छ ।

फिल्मः गल्ली ब्वाई

निर्देशक- जोय अख्तर

जनराः म्युजिक

अवधीः २ घण्टा ३३ मिनेट

कलाकारः रणवीर सिंह, आलिया भट्ट, शिद्धार्थ चर्तुभेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment