Comments Add Comment

‘म सिनेमा क्षेत्रको पिल्लर होइन, इट्टा हुँ’ अनमोल केसी

भन्छन्–‘हामी कोही पनि सुपरस्टार छैनौ’

नायक अनमोल केसीलाई चलचित्र ‘ए मेरो हजुर ३’को निर्माण टिमले ‘मेघास्टार’को उपमा दिइसकेको छ । तर, नायक अनमोल केसी आफूलाई चलचित्र क्षेत्रको ‘पिल्लर’ मान्न तयार छैनन् । अनमोलले भने–‘म त यो क्षेत्रको सिकारु कलाकार हुँ । म त यो क्षेत्रको ‘पिल्लर’को रुपमा मेरो बुबा भूवन केसी, नायक शिव श्रेष्ठ र राजेश हमाललाई मान्छु । म त इट्टा हो, हामी सो पिल्लरमा थपिदै गएका छौ ।’

नायक अनमोल केसीले अहिलेको यूवा पुस्ताको कलाकार कोही पनि सुपरस्टार नभएको बताए । उनले भने–‘हाम्रो जेनेरेशनमा कोही पनि सुपरस्टार छैन । हामी त बल्ल संघर्ष गरिरहेका छौ । लिजेन्ड कलाकार नै सुपरस्टार हुनुहुन्छ ।’
के तपाई आफूलाई चलचित्र क्षेत्रको ‘क्याप्टेन’ मान्नुहुन्छ भन्ने प्रश्नमा उनले भने–‘म चलचित्र क्षेत्रको क्याप्टेन त हुँदै होइन । तर, म बलियो प्रतिस्पर्धी भने हुँ ।’

फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’का मुख्य कलाकार अनमोलले छायांकनको क्रममा निकै दुख पाएको पनि सुनाए । उनले भने–‘मेरो लागि यो ९० मिनेटको खेल थिएन । दमक जस्तो गर्मीको ठाउँमा दिनको ९ घन्टासम्म दौडिन पथ्र्यो । म कैयौ पटक फेन्ट पनि भएको छु ।’

अनमोलले यो चलचित्रसँग जोडिन पाउँदा निकै खुशी लागेको पनि बताए । उनले भने–‘यो चलचित्र अरु निर्माताले बनाएको भए १० करोड बजेट लाग्थ्यो होला । मेरो बुबाको सम्बन्धका कारण हामीले कम बजेटमा सकेका हौं ।’
आफू सधै नै दर्शकलाई फरक स्वादको चलचित्र दिन आतुर हुने भएकाले अनमोलले ‘क्याप्टेन’मा काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment