Comments Add Comment

यस्तो पसल, जहाँ बेचिन्छ मानव अङ्गको ‘अचार’ !

अहिलेसम्म तपाईंले कुन-कुन चिजको अचार चाख्नुभएको छ ? के तपाईंले मानिसको अङ्गबाट बनाइएका अचार खानुभएको छ ?

बेलायतको लण्डनस्थित एसेक्समा एउटा यस्तो पसल छ जहाँ मानव अङ्गको अचार बेचिन्छ । उक्त पसलभित्र यस्ता विभिन्न खाले खतरनाक चिजहरु राखिएको हुन्छ कि कोही पनि मानिसहरु त्यसभित्र छिर्नका लागि १० पटक सोच्न बाध्य हुन्छ ।

उक्त पसलमा छिर्नेबित्तिकै तपाईंले मानिसका हात खुट्टा, खप्पर, कपाल, नङका साथै जनावरको खप्पर तथा अवशेषलगायतका विभिन्न डरलाग्दा तथा अनौठा चिजहरु बट्टाहरुमा राखेको देख्न पाइन्छ । दृश्य कुनै फिल्मको जस्तै लाग्दछ ।

उक्त पसलको नाम क्युरोसिटिज फ्रम द फिफ्थ कर्नर रहेको छ । उक्त पसलका सञ्चालकको नाम हेनरी स्क्रेग हो । उनले आफ्नो पसलमा मानिसहरु डराउने खालका सयौं चिजहरु राखेका छन् ।

त्यसमध्ये एउटा मानिसको काटिएको हात छ । महिलाको गर्भको भ्रुणका साथै अण्डासय मात्र होइन नवजात शिशुको शव पनि रहेको छ त्यहाँ । अचार राख्ने शिशाको जारमा त्यसलाई बन्द गरिएको छ ।

उनी भन्छन्, ‘मलाई थाहा छ कि केही मानिस यस्ता चिज किन्न मन पराउँदैनन् । अनि यस्ता चिज बेच्ने मलाई पनि खराब मान्छे भनी ठान्छन् । किनकि समाजको रुपमा हामी आम रुपमा अन्य संस्कृति तथा पराम्पराको बारेमा जानेका हुँदैनौँ । तर मलाई लाग्छ कि अधिकांश मानिसहरुले जीवनमा धेरै कुराहरु देखेकै हुँदैनन् । त्यस्ता मानिसहरु मेरो पसलमा आएर मानिसको शरीरसँग सम्बन्धित विभिन्न चिजहरु देख्न पाउँदछन् । त्यस्तै मन परेको खण्डमा त्यसलाई किन्न पनि सक्दछन् ।’

हेनरीले यो पसल सञ्चालनका लागि मेडिकल बोर्डबाट अनुमति पनि लिएका छन् । पसलमा रहेका मानव तथा जनावरका अंगलगायतका चिजहरुको मूल्य १० युरोदेखि लिएर २६५० युरो सम्म रहेको छ ।

आखिर उनको पसलमा यस्ता चिजहरु कहाँबाट आउँछन् ? वास्तवमा पहिचान नभएका शवका साथै दान गरिएका शवहरु उनले आफ्नो पसलमा राख्दछन् । सुरुमा उनले शव तथा अंगहरुलाई फर्मल्डिहाइडमा डुबाउँछन् । यसो गरेपछि शव कुहिँदैन । त्यसपछि उनले ती चिजलाई अल्कोहलमा डुबाउँदछन् । त्यसपछि उनले ती चिजहरु पसलमा शोकेजमा राख्दछन् बिक्री र प्रदर्शनीका लागि ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment