Comments Add Comment

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशकै उत्कृष्ट

३ फागुन, काठमाडौं । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशैभरीका खानेपानी उपभोक्ता संस्था मध्ये उत्कृष्ट बनेको छ ।

नगर विकास कोषको आशिंक लागत असुली र सहभागितामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये संस्थागत सुधार तथा स्तरोन्नती कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उल्लेखनीय सुधार गरेको भन्दै संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो ।

नगरविकास कोषको ३१ औ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा सहरी विकासमन्त्री मोहमदइस्तियाक राईले संस्थाका अध्यक्ष कुलमणि देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदरपत्र प्रदान गरेका छन् ।

प्राकृतिक रुपमा खानेपानीको स्रोतको अभावका बाजजुद खानेपानीको संस्थागत सुधार र स्तरोन्नतीलाई रचनात्मक रुपले अगाडि बढाउन सफल भएको अध्यक्ष देवकोटाले बताए ।

उनले सुर्खेत उपत्यकावासी जनतालाई सर्वसुलभरुपमा खानेपानी सेवा प्रवाह गर्न अझै थुप्रै काम गर्न बाँकी रहेको बताए ।

नगर विकास कोषको आशिंक लागत असुली र जनसहभागीतामा आधारित देशैभरी ७० वटा खानेपानी आयोजना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment