Comments Add Comment

काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण सुरु

३ फागुन, काठमाडौं । काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु गरिएको छ । काठमाडौं महानगरपालिका १५ स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्रभित्र वृद्ध पार्क बनाउन सूरु गरिएको हो ।

शुक्रबार मेयर विद्यासुन्दर शाक्यले सो वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गर्दै समयमै निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले काठमाडौं महानगरपालिकाका सबै वडालाई हरियाली बनाउने अभियान अन्तर्गत वडा नम्बर १५ स्थित चःमतिमा वृद्ध पार्क बनाउन लागिएको पनि स्पष्ट पारे ।

अतिक्रमणमा परेका महानगरपालिकाका जग्गामा हरियाली पार्क निर्माण गर्ने मेयर शाक्यको योजना छ । उनले काठमाडौंको वातावरणलाई प्रदुषित हुन नदिन काठमाडौं महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्कलगायतका हरियाली स्थल निर्माणका लागि एक करोडका दरले आर्थिक सहायता उपलब्ध गराएको पनि बताए ।

काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा सो पार्क निर्माण गर्न लागिएको हो । २ रोपनी जग्गामा सो पार्क निर्माण गर्न लागिएको चःमति नेवाः खलःका अध्यक्ष पूर्णकाजी ज्यापूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment