Comments Add Comment

दूर्गमका ९ विद्यालयलाई एनआरएनए अष्ट्रेलियाको ९ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालका दूर्गम क्षेत्रका ९ विद्यालयहरुलाई एक/एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्यालयका गरीब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि एनआरएनए अष्ट्रेलियाले आर्थिक सहायता उपलब्ध गराएको हो ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दूर्गा मावि ताप्लेजुङ, राष्ट्रिय प्राइमरी स्कुल सप्तरी, बच्चाला मावि नुवाकोट, मण्डली मावि धादिङ, जनज्योति मावि बाग्लुङ, पर्वत प्राइमरी स्कुल, पर्वत, रारा मावि बाँके, थिगेल्नीदेवी बेसिक स्कुल रुकुम र चन्द्रनाथ प्राइमरी स्कुल बाजुरालाई आर्थिक सहायता रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै एनआरएनए, अष्ट्रेलियाका विजय पोखरेलले दूर्गम क्षेत्रका गरीब जनताका छोराछोरीको पठनपाठनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहायता उपलबध गराएको जानकारी दिए ।

सहयोग रकमबाट विद्यालयहरुले अक्षयकोष बनाइ गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिका रुपमा हस्तान्तरण गरिनेछ ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष भवन भट्टले नेपालको दूर्गम क्षेत्रका विद्यालयहरुलाई आर्थिक सहायता उपलब्ध गराउने अभियाननै संचालन गर्ने प्रतिवद्धता जनाए ।

उनले एनआरएनएमा आवद्ध रहेका विश्वका ८० मुलुकका विद्यालयसँग नेपालका सबै स्थानीय तहका छानिएका विद्यालयहरुको मितेरी सम्बन्ध विस्तार गर्न पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

एनआरएनए, अष्ट्रेलियाले सहायता रकम पाँच लाखसम्म पुर्‍याउने योजना पनि अघि सारेको छ ।

गैरआवासीय नेपाली संघले नेपालको आर्थिक विकासमा आवश्यक लगानी भित्र्याउने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment