Comments Add Comment

संरचना तयार हुने बित्तिकै सरकारको कामले गति लिन्छ : उपप्रधानमन्त्री पोख्रेल

३ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता अनुकुलको कानून र संरचना निर्माणमा केन्दि्रत हुनु परेकाले सरकारको कामले गति लिन नसकेको दावी गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानून र संरचना तयार हुनेवित्तिकै सरकारको कामले तीव्रता पाउने प्रष्टयाए ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘बृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले विकास, निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरुलाई आहृवान गरे ।

उनले कर्णाली प्रदेशलाई ‘सुन सिरानी हालेर नुनको खोजी गरिरहेको’ प्रदेशको रुपमा चित्रण गर्दै अव त्यहाँको विकासमा सबै राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

तीन दिनसम्म चल्ने प्रर्दशनीमा कर्णालीका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका बस्तुहरु राखिएका छन् ।

कर्णालीको महत्व काठमाडौंमार्फत् देशभर बुझाउने उद्देश्यले आयोजना गरिएको प्रर्दशनीमा मुलुकको समृद्धिमा कर्णाली प्रदेशले दिन सक्ने योगदान समेटिएको पुस्तकहरु पनि राखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment