Comments Add Comment

दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ

३ फागुन, भोजपुर । भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् ।

सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा परेका हुन् । नेपाल आयल निगमले तोकेको मूल्यअनुसार खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार ३८० भए पनि जिल्लामा एक हजार ८०० सम्म तिर्नुपर्ने बाध्यता छ ।

उपभोक्ताको गुनासो बढ्न थालेपछि उद्योग वाणिज्य सङ्घले व्यापारीलाई राखेर मूल्य समायोजनको पहल गरे पनि कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयले ताकेता गरेकामा भने व्यापारीले ग्यासको मूल्य ५० घटाउन सहमत भएको उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रधानले बताए ।

भोजपुरमा तराईबाट सामान ल्याउँदा प्रतिकेजी पाँच पर्ने व्यापारीहरू बताउँछन् । भरिएको ग्यास सिलिण्डरको तौल ४५ किलोग्राम हिसाबले ढुवानी ज्याला जोड्दा पनि जिल्लामा प्रतिसिलिण्डर रू एक हजार ६०५ मा उपलब्ध गराउनुपर्ने उपभोक्ताको भनाइ छ ।

जिल्लामा प्रिमा, सुविधा, काश्यप, रिजालको, कोशी, कन्काई ब्राण्डको ग्यास बिक्री हुन्छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौड्यालले ग्यासको भाउ वैज्ञानिक बनाउन पटकपटक पहल गरे पनि व्यापारीले अटेर गरेको बताउनुभयो । चामल, नून, तेललगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउ पनि पसलैपिच्छे फरकफरक रहेको सर्वसारणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment