Comments Add Comment

सार्वजनिक खर्च पुनरावलोकन आयोगले बुझायो प्रतिवेदन

०३ फागुन, काठमाडौं । सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।  विद्यमान बजेट प्रणालीलाई सुधार एवं परिमार्जन गरी संघीय संरचना अनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

डा. डिल्लीराज खनालको अध्यक्षतामा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन बुझदै अर्थमन्त्री खतिवडाले आयोगले सुझाएका विषयलाई कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।

मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तीय अनुशासन कायम गर्ने लगायतका विभिन्न पक्षबारे प्रतिवेदनमा सुझाव दिइएको आयोगका अध्यक्ष डा. खनालले जानकारी दिए ।

कार्यक्रममा अर्थ सचिव डा. राजन खनालले विद्यमान खर्च प्रणालीमा देखिएका समस्याहरुलाई समाधान गर्दै जाने सन्दर्भमा यो प्रतिवेदन प्रभावकारी हुने बताए ।

वित्त क्षेत्रमा देखिएका समस्यालाई समाधान गरी मुलुकको विकास र समृद्धिको पक्षमा सघाउ पुर्‍याउने उद्देश्यले सरकारले २०७५ साल भदौ ३ गते सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment