Comments Add Comment

विराटनगरमा महिला टी–२० क्रिकेट लिग हुने

३ फागुन, काठमाडौं । एनसीएल महिला टी–२० क्रिकेट लिग आयोजना हुने भएको छ ।

एनसीएल स्पोर्टस् प्रालिले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी मोरङको विराटनगरस्थित बैजनाथपुरमा महिला क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी दिएको हो । प्रतियोगिता चैत एक गतेदेखि ९ गतेसम्म हुनेछ ।

लिगमा चार शहरका चार फ्रेन्चाइज टिमको सहभागिता रहने छ । प्रतियोगितामा हरेक फ्रेन्चाइज टिमले अक्सनबाट खेलाडी आफ्नो टिममा अनुबन्धित गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment