Comments Add Comment

हिरो महिला गोल्डकप फाइनल : नेपाल र म्यानमारबीचको खेल सुरु

३ फागुन, काठमाडौं । हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीचको खेल सुरु भएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपालले म्यानमारसँग प्रतिस्पर्धा गरेको हो । म्यानमारलाई पराजित गर्दै नेपाल ऐतिहासिक उपाधि चुम्ने लक्ष्यको साथ मैदानमा प्रवेश गरेको छ । अहिलेसम्म नेपाली महिला टिमले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।

म्यानमार पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने दाउमा छ ।

लिग राउण्डमा भने नेपालले म्यानमारसँग ३–० गोलको हार ब्यहोरेको थियो । त्यो हारको बदला लिने रणनीतिमा पनि नेपाली टीम रहेको छ ।

राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको थियो । यता, नेपालले भने तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

यो पनि पढ्नुहोस् : हिरो महिला गोल्डकप : ‘अन्डरडग’ नेपाललाई ईतिहास रच्ने अवसर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment