Comments Add Comment

महिन्द्राले काठमाडाैंमा गर्दैछ अटो प्रदर्शनी

३ फागुन, काठमाडाैं । अटोमोबाइल्स कम्पनी महिन्द्राले काठमाडौंको भृकुटीमन्डपमा नेपालमै पहिलो पटक बृहत् अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ आयोजना गर्ने भएको छ ।

फागुन १० गतेदेखि १२ गतेसम्म हुने उक्त प्रदर्शनीमा कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिभिन्न ३० भन्दा बढी मोडलका उत्पादनहरुलाई  राख्ने जनाएको छ ।

महिन्द्राका उत्पादन नेपाली बजारमा आजभन्दा करिब २७ वर्ष अगाडिदेखि बिक्री वितरण हुँदै आईरहेको छ । महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा यो लाइफस्टाइल एन्ड अटो शो आयोजना गर्न लागेको हो ।

आकर्षक डिजाइन, उत्कृष्ट पफर्मेन्स र विशेषताका एसयूभी निर्माणका लागि चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राख्ने छ ।

एसयूभी, इलेक्ट्रीक सवारी, दुईपाङ्ग्रे सवारी, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्शियल प्रयोगमा आउने सवारीसाधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा देख्न सकिने छ ।

‘महिन्द्रा उदय’ एक वृहत् अटो प्रदर्शनी हो । जहाँ महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गरेका बिभिन्न मोडलका बस्तुहरु एउटै छानामुनि प्रदर्शनगरी नेपाली ग्राहक र प्रयोगकर्तालाई उत्पादनबारे जानकारी दिइने छ । साथै, केही नयाँ उत्पादनसमेत यो अटो शोमा देख्न पाइनेछ ।

महिन्द्रा कम्पनीले उत्पादन गरेका र नेपाली बजारमा बिक्री–वितरण भइरहेका बस्तुको अलावा बिभिन्न संगितीक कार्यक्रम र बिभिन्न प्रकारको खानाका टेष्टसमेत मेलामा पाउन सकिन्छ ।

बिभिन्न क्षेत्रका विज्ञ र विशेषज्ञहरुको सहभागिता रहने अपेक्षा गरिएको उक्त तीन दिने मेलामा उद्यमी, व्यवसायी, अटोमोबाइल विज्ञ, अटो पारखी, बिभिन्न खानाका पारखी, आर्ट लभर, कृषिविद् पूर्वाधार बिज्ञ र औद्योगिक विषेशज्ञहरुको सहभागिता रहने कम्पनीले अपेक्षा लिएको छ ।

कम्पनीले ‘महिन्द्रा उदय’मार्फत् महिन्द्राका उत्पादन, गुणस्तर, सेवा र सुविधाको बारेमा आम–उपभोक्ता तथा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले यस एकल अटो प्रदर्शनी गर्न लागेको जनाएको छ ।

महिन्द्रा ब्रान्डअन्तर्गतका सबै प्रोडक्टहरूको प्रदर्शनी गर्दै कम्पनीले आफ्नो सम्पूर्ण सेवाहरूको विषयमा एकै छानामुनी जानकारी दिने उद्देश्यले यो मेला आयोजना गरेको हो ।

उक्त मेला दैनिक ५ हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले अवलोकनकर्तालाई थप आकर्षण र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मेला अवधिभर विभिन्न सांगीतिक कार्यक्रमको समेत आयोजना गर्ने भएको छ । जसमा नेपालका चर्चित कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्नेछन् ।

कम्पनीले मेलामा एसयूभी सेग्मेन्टअन्तर्गत कम्प्याक एसयूभी ‘एक्सयूभी–३००’ सार्वजनिक गर्नेछ । साथै कम्पनीको नयाँ एमपीभी मराजोसमेत उक्त मेलामा राखिने जनाएको छ । त्यस्तै, कृषि प्रोडक्टअन्तर्गत यूभो–४१५, जीभो, पिकअपमा ब्लेजो–२५, –१४ गरी ६ वटा नयाँ मोडल सार्वजनिक गर्नेछ ।

त्यसैगरी कम्पनीले एसयूभी सेग्मेन्टअन्र्तगत महिन्द्रा एक्सयूभी–५००, टीयूभी, केयूभी, थार, स्कर्पियो र महिन्द्रा स्कर्पियो पिकअप प्रदर्शन गर्नेछ ।

कृषि उत्पादनमा प्रयोग हुने अर्जुन नोभो–८०० फोर–डब्ल्यू डी, स्वराज–१, स्वराज–२ सहित पाँचवटा मोडल प्रदर्शन हुनेछ ।

दुईपाङ्ग्रे सवारीअन्तर्गत कम्पनीले गस्टो, सेन्चुरो र प्रिमियम बाइक मोजोलाई शोकेस गर्नेछ भने, ग्रिन इलेक्ट्रीक भेहिकलअन्तर्गत ई–भेरिटो, ई–सुप्रो, ई–अल्फा र ईटुओ प्रदर्शनी हुनेछ ।

कमर्शियल पिकअपमा कम्पनीले बोेलरो पिकअप–१, बोलेरो पिकअप–२, बोलेरो पिकअप–३, म्याक्सिमो प्लस, ब्लेजो–२५, लोड किङ्ग, कोस्मो स्कुल बसलगायतका मोडल प्रदर्शनी गर्नेछ ।

त्यस्तै, सो मेलामा महिन्द्राको डिजेल जेनरेटरहरूको समेत प्रदर्शनी रहनेछ ।

कम्पनीले मेला अवलोकन गर्न आउने अवलोकनकर्ताको सहजताको लागि अनलाईन रजिष्ट्रेसनको व्यवस्था गरेको छ । त्यसको लागि तपाईले महिन्द्रा उदयको आधिकारीक वेभसाईट www.mahindraudaya.com मा गएर त्यहाँ दिइएको फाइलमा आफ्नो नाम, इमेल र फोन नम्बर हाल्नु पर्नेछ ।

त्यसपछि कन्टीनियु लेखिएको बटम क्लिक गर्नुस् । यति गरेपछि तपाईको ई–टिकेट इमेलमा प्राप्त हुनेछ । त्यसको लागि तपाईले कुनै शुल्क तिर्नुपर्ने छैन । यदि तपाईसँग ई–टिकेट वा कम्पनीले वितरण गरेको पास छैन भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment