Comments Add Comment

पत्रकार प्यासीको खेतीकिसानी गीत

म त हिँडे मेला र पर्ममा
धानै रोप्न असारै महिनामा
गाउँका खेताला संगसंगै,
ताइचिने चिउरा पोल्टामा
आलुको अचारमा रमाउँदै, ……….

अरनिको टेलिभिजनका सह—सम्पादक र बलराम प्यासीले खेतीकिसानी सम्बन्धी लोक–आधुनिकगीत गीत सार्वजनिक गरेका छन् ।

सचिन सिंह र वालन्द राईको संगीत रहेको प्यासीको गीतमा वालन्द र पार्वती राईको युगल स्वर छ । युट्ुयबमा पनि सुन्न सकिने यो गीतलाई दृश्याकन पनि गर्न लागेको रचनाकार प्यासीले बताए ।

गीत लेखनमा गहिरो रुची राख्ने पत्रकार प्यासीले लेखेको बालगीत रामकृष्ण ढकालले गाएका छन्, जुन २०७२ सालको ‘राष्ट्रिय वालगीत प्रतियोगिता’ मा गीतगायनतर्फ उत्कृष्ट भएको थियो ।

प्यासीको ‘साँची म मर्दा को को रोलान्…’ बोलको गीत पनि रामकृष्ण ढकालले नै गाएका छन् ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment