Comments Add Comment

बुढासुब्बा गोल्ड कप : पुलिसलाई हराउँदै क्यामरुन फाइनलमा

३ फागुन, काठमाडौं । २१ औं बुढासुब्बा गोल्डकपमा डफिन्स क्यामरुन वि क्लब फाइनल प्रवेश गरेको छ ।

शुक्रबार क्यामरुनले सडनडेथमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा आयोजक धरान संगको भेट पक्का गरेको हो ।

शुक्रबार भएको सेमिफाइनल खेलमा निर्धारित समयसम्म दुवै तर्फ कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

टाइब्रेकरमा पनि ५–५ गोलको बराबरी भएपछि खेल सडक डेथमा गएको हो । सडन डेथमा पुलिसका विक्रम धिमालले हानेको पेनाल्टी क्यामरुनका गोलकिपर प्रिसो एन्जेङ्गाले रोके ।

क्यामरुनका गोलकिपर प्रिसो म्यान अफ दि म्याच हुँदै १५ हजार रुपैया पाए । फाइनल खेल शनिबार दिउँसो १ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment