Comments Add Comment

बिहे भोजबाट हराएकी बालिकाको जलाएर हत्या

४ फागुन, काठमाडौं । राजधानीबाट प्रकाशित आजका पत्रिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक जना आयुक्त राजनारायण पाठकको राजीनामा प्राथमिकतामा परेको छ । भ्रष्टाचारविरुद्ध सक्रिय संवैधानिक निकायकै आयुक्त पाठकले घुस लिएको खुलासा भएपछि शुक्रबार राजीनामा दिएका थिए । धेरै पत्रिकाहरुले महाअभियोगबाट बच्न उनले राजीनामा दिएको लेखेका छन् ।

यसबाहेक प्रदेश सरकारको एक वर्षे समीक्षा पनि केही पत्रिकाहरुले गरेका छन् ।

कान्तिपुर दैनिकले नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता प्रकरणमा पाटन उच्च अदालतले गरेको एउटा फैसला पनि शंकास्पद रहेको उल्लेख गरेको छ । कारोबार नै नगरी विघटन भएको कम्पनीलाई पुनःस्थापना गर्न उच्च अदालत पाटनका न्यायाधीशद्वय रेवन्तबहादुर कुँवर र अग्निप्रसाद थपलियाको इजलासले गत पुस १३ गते आदेश दिएको थियो ।

अनियमितताको छानबिन टुंग्याउन अख्तियारका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घूस बुझाएको आरोप लागेका लम्बोदर न्यौपानेले नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले सामाजिक संस्थाका रुपमा स्थापित इन्जिनियरिङ कलेजको स्वामित्व हत्याउन नाम हुबहु मिल्ने गरी फर्जी कम्पनी खडा गरेका थिए ।

कान्तिपुरमा धनुषाको मिथिला नगरपालिकामा-३ हरिहरपुरमा ११ वर्षीया बालिकाको जलाएर हत्या गरिएको दर्दनाक समाचार पनि छ ।
गत बुधबार राति बिहे भोजपछि हराएकी हरिहरपुर मगरटोलकी रेश्मा -दुत्तिया) रसाइलीको शव बिहीबार बिहान जलेको अवस्थामा घरभन्दा ७ सय मिटर पर उखुबारीमा शव भेटिएको थियो । शवको बिहीबार अपराह्न जनकपुर अन्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

नागरिक दैनिकले ‘भ्रष्टाचार रोक्ने निकायमै भ्रष्टाचारी’ शीर्षकको मुख्य समाचार छापेको छ । यो समाचार पनि अख्तियारका आयुक्त राजनारायण पाठकको घूस प्रकरणसँग सम्बन्धित छ । साथै नागरिकले ‘मोबाइलले खोल्यो सुनको पोल’ शीर्षक दिएर कञ्चनपुरमा बरामद भएको १८ किलो सुनको समाचार लेखेको छ ।

नेपाल समाचारपत्र दैनिकले राजधानी काठमाडौंको फोहोर व्यवस्थापनमा भइरहेको सकसबारे समाचार लेखेको छ । समाचारमा लेखिएअनुसार स्थानीय निकायको फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपैयाँ खर्च हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको छ । काठमाडौं महानगरपालिकाले मात्रै वार्षिक करिब पाँच करोड रुपैयाँ खर्च गर्ने गरेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट दैनिकले हिमाली जिल्ला डोल्पामा पानीको समस्या सम्बन्धी समाचारलाई एंकर बनाएर छापेको छ । त्रिपुरासुन्दरी नगरपालिका-३ सुँ गाउँमा खानेपानीको हाहाकार छ । गाउँको मुहान सुकेपछि स्थानीयले गाउँदेखि परेको मुहानबाट घोाडबाट बोकेर खानेपानी ल्याउन थालेका छन् । एक सयभन्दा बढी घरधुरी रहेको सुँ गाउँमा खानेपानी ल्याउन २०६९ सालदेखि नै पहल भएको हो । तर, हालसम्म खानेपानी समस्या समाधान हुन सकेको छैन ।

राजधानी दैनिकले नेपालमा गैरसकारी संस्था (एनजीओ)को जालो बढ्दै गएको समाचार लेखेको छ । २६ वर्षमा ४५ हजार एनजीओ पुगेको तर अनुगमन शून्य रहेको समाचारमा उल्लेख छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को अनुगमनमा त कर्मचारीहरुले लाखौं रकम लिने गरेको समाचार पनि राजधानीमा छ । समाचारमा लेखिएको छ, ‘गैरसकारी संस्थाको अनुगमन गर्न असफल रहँदै आएका समाजकल्याण परिषदका पदाधिकारी र कर्मचारीले आईएनजीओको अनुगमन भन्दै लाखौं रुपैयाँ बुझ्ने गरेका छन् तर उनीहरुको अनुगमन पनि प्रभावहीन हुने गरेको छ ।’

नयाँ पत्रिका दैनिकले प्रदेश सरकारको एक वर्षको समीक्षा गरेको छ भने गोरखापत्र दैनिकले कर्मचारी समायोजन विधेयक पारित भएकाले समायोजनको बाटो खुलेको समाचारलाई प्रमुख प्राथमिकताका साथ छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment