Comments Add Comment

शरीरका लागि किन आवश्यक छ मिनरल्स

‘मिनरल’ शब्दसँग हामी त्यती अपरिचित छैनौं । जसै हामी बोत्तल-बन्द पानी खरिद गर्छौं, यसो भन्छौं, ‘मिनरल वाटार पाउँ न ।’

‘मिनरल वाटर’ यो आफैमा कुनै बोत्तल-बन्द पानीको ब्रान्ड होइन । यद्यपी हामीलाई के लाग्छ भने, ति पानी मिनरल वाटार हुन् । जबकी बोत्तल बन्द पानीमा ‘मिनरल’ कति छ ? त्यसबारे भने हामीलाई हेक्का हुन्न ।

वास्तवमा ति सबै बोत्तलबन्द पानीमा मिनरल्सको मात्रा नै उल्लेख हुन्न । अर्थात ति पानी मिनरल वाटर नै हो त ? शंसय गर्ने ठाउँ छ ।

अब लागौं, मिनरल्सतर्फ ।

के हो मिनरल्स ?

हामी जहिले पनि प्रोटिन, भिटामिन तथा कार्बोहाइड्रेट शरीरका लागि आवश्यक छ भन्छौ । जबकी मिनरल्स पनि शरीरका लागि उत्तिकै आवश्यक छ ।  तर, यसको महत्वबारे नजान्दा र यो शरीरका लागि किन आवश्यक छ भन्ने थाहा नपाउँदा हामीले यसलाई जहिले पनि बेवास्ता गर्छौ ।

जबकी शरीरका लागि अपरिहार्य छ, मिनरल्स ।

मिनरल्सले हड्डी बलियो बनाउनुका साथै मांसपेशीलाई दुरुस्त राख्न मद्दत गर्छ । शरीरमा मिनरल्सको पुर्ति भएमा हर्मोनले प्रभावकारी ढङ्गले काम गर्न सक्दछ ।

हाम्रो खानामा यस्ता कयौ  मिनरल्स छन्, जुन शरीरमा लागि निकै फाइदाजनक छ । मांसपेशीको संकुचन नियन्त्रण गर्न तथा शरीरमा एसिडको मात्रा सन्तुलन कायम गर्न पनि मिनरल्सको ठूलो योगदान हुन्छ ।

शरीरका लागि आवश्यक मिनरल्स

मिनरल्सकै कारण शरीरको तरल पदार्थ सञ्चालित हुन्छ । यसले उच्च रक्तचाप, हृदयको गति, नाडीको गतिलाई नियमित राख्छ । शरीरमा पोटासियम नामक मिनरल्सको कमी भएमा मांसपेशी कमजोर हुने तथा वाकवाकी लाग्ने गर्छ । नरिवल पानी, केरा, दूध, माछा तथा दाल यसको राम्रो स्रोत मानिन्छ । यी खानेकुराको सेवनले मात्र पनि शरीरलाई कयौ लाभ हुन्छ ।

म्याग्नेसियकले रगतमा चिनीको मात्रा परिवर्तित गर्न, रक्तचाप तथा हृदयगतिलाई सही राख्न मद्दत गर्छ । यसले क्याल्सियमसित मिलेर काम गर्छ । म्याग्नेसियमको कमी भएमा माइग्रेन, डिपे्रशन तथा मांसपेशी बौडिने जस्ता समस्या निम्तिन सक्छ । म्याग्नेसियम प्राप्त गर्न खानामा हरियो साजसब्जी। बदाम, होल ग्रेन, केरा समावेश गर्नुपर्छ ।

फोस्फोरस हड्डीमा क्याल्सियम फोस्फेटको रुपमा जम्मा हुन्छ । दाँत तथा हड्डी स्वास्थयका लागि यो निकै जरुरी छ । यसको कमी भएमा जोर्नी अररो हुने, थकान तथा हड्डीमा पिडा हुने गर्छ । शरीरमा फोस्फोरस दाल, नट्स्, दूध, चीज, अंकुरित अनाज, मासु तथा माछाबाट प्राप्त गर्न सकिन्छ ।

म्याग्नेजको कमी भएमा याददास कमजोर हुनुका साथै पाचन सम्बन्धि समस्या हुनसक्छ । यसको लागि अनाज, मटर, चिया, कफी, किशमिश सेवन गर्नुपर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन शरीरको लागि जिंक निकै अवश्यक हुन्छ । यसले कपाल, छाला तथा नङ्गलाई पोषण प्रदान गर्छ । जिंकको कमी भएमा रुघाखोकी छिटो लाग्ने गर्छ ।

शरीरमा प्रोटिनको निर्माणको लागि सल्फर जरुरी हुन्छ । सल्फर एक एन्टी एजिंग तत्व हो । सल्फरले छाला नरम बनाउनुका साथै छालालाई चमकदार बनाउँछ । यसले धुलोधुवा, प्रदुषण तथा घामबाट छालालाई सुरक्षा प्रदान गर्छ । बन्दा, दूधजन्य पदार्थ, बदाम , ओखर, अण्डा, माछा प्रोटिनको राम्रो स्रोत मानिन्छ ।

पाचन प्रकि्रयालाई प्रभावकारी बनाउन तथा नसालाई सही काम गर्न कोबाल्ट नामक मिनरल्सको आवश्यकता हुन्छ । भिटामिन बी-१द्द लाई अवशोषित गर्न पनि यो मिनरल्स निकै आवश्यक हुन्छ। कोबाल्टको कमी भएमा आँखा कमजोर हुने, स्मरण शक्ति कमजोर हुने, चक्कर लाग्ने समस्या निम्तिन्छ । यो समस्या कम गर्न दूध तथा रातो मासुको सेवन निकै महत्वपूर्ण मानिन्छ ।

यो सबै खानेकुरा सन्तुलित भोजनबाट प्राप्त गर्न सकिन्छ । त्यसको लागि खानपानमा पोषण तत्वको ध्यान राख्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment