Comments Add Comment

प्रधानमन्त्री ओलीको स्वीकारोक्ति- समयको व्यवस्थापन गर्न सकिनँ

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको उचित व्यवस्थापन गर्न नसकेको भन्दै आफ्नो कमजोरी स्वीकार गरेका छन् छन् । र, अब यसलाई सच्याउने समेत उनले बताएका छन् ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कमजोरी स्वीकार गरेका हुन् । लामो अन्तरवार्ताको बीट मार्ने बेलामा पत्रकारले प्रधानमन्त्री ओलीलाई सोधेका थिए, ‘यो एक वर्षमा प्रधानमन्त्रीज्यूबाट अञ्जानमा केही चूक भयो कि ?’

जवाफमा प्रधानमन्त्रीले भने- ‘एउटा अलिकति लागेको छ । मैले समयलाई अधिकतम प्रयोग गर्‍या छु । अधिकतम काम गर्छु । तर, त्यसको व्यवस्थापन अलि उचित हुन सकेन कि ? जसले गर्दा सम्पर्क गरिनुपर्ने व्यक्तिहरुसँग सम्र्पक गरिनुपर्ने तहमा कमी रहृयो कि ? यसले पनि असन्तुष्टि बढेको हो कि ? त्यो चाहि अलिकति मलाई लाग्या छ । सायद त्यसमा चाहिँ अलिकति ध्यानदिनु र सच्याउनु जरुरी छ कि ? त्यो मैले महसुस गरेको कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment