Comments Add Comment

संसदीय समितिको निर्देशनः नेपाली महिलालाई बेलायती सेनामा नपठाऊ

४ फागुन, काठमाडौं । संसदीय समितिले बेलायती सेनामा नेपाली महिलालाई नपठाउन निर्देशन दिएको छ ।

ब्रिटिस सेनामा झण्डै २०३ वर्षदेखि ब्रिगेड अफ गोर्खाज अभिन्न अंग जस्तै बनेको छ । बेलायतले हालै मात्र सन् २०२० सम्म नेपाली महिलालाई पनि भर्ना लिने बताएको थियो ।

तर, संसदको अन्तराष्ट्रिय सम्बन्धन समितिले नेपाली महिलालाई बेलायती सेनामा नपठाउन भनेको छ । यदि कोही गएका छन् भने फिर्ता बोलाउन पनि निर्देशन दिएको छ ।

नेपाली महिलाहरु बेलायती सेनामा जाने प्रक्रियामा रहेको सुनिएपनि यसबारे यकिन जानकारी संसदीय समितिसँग छैन । सरकारी अधिकारीहरुले भने बेलायतले प्रस्ताव गरेको जानकारी दिएको सभापति पवित्रा निरौलाले बताइन् । ‘२०३ वर्ष भएछ नेपालीहरुले बेलायती सेनामा काम गरेको । कतिको मृत्यु भयो, कति घाइते भए भन्ने तथ्यांक समेत नेपाल सरकारलाई उपलब्ध गराएको छैन’ निरौलाले भनिन्, ‘पहिलो र दोस्रो विश्वयुद्धमा मृत्यु भएकाको परिवारको विजोग छ । तलबमान समान छैन चने महिलालाई किन फेरि किन पठाउने ?’

नेपाली महिलालाई बेलायती सेनामा पठाउने प्रस्ताव अस्वीकार गर्नुपर्ने समितिको ठहर छ ।

साथै भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन पनि दिएको छ । भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment