Comments Add Comment

नागढुंगामा समातियो हिरोइन र औषधिजन्य लागूऔषध

४ फागुन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागंढुगाले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । राजधानीको मुख्य नाका नागढुंगामा छुट्टाछुट्टै चेकजाँचका क्रममा विभिन्न परिमाणमा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २९७ नम्बरको यात्रुबाहक बसबाट लालितपुरका १८ वर्षीय साजन थापा पक्राउ परेका छन् । उनको साथबाट खैरो हिरोइन ३ ग्राम भेटिएको छ ।

सोही बसमा सवार लालितपुरकै १८ वर्षीय बिनोद खड्गीबाट लागूऔषध नाइट्राभेट ३७ ट्याबलेट फेला परेको डीएसपी बोगटीको भनाइ छ ।

प्रभाग नागढुगांका प्रमुख ज्ञानबहादुर खड्काकै नेतृत्वको टोलीले चेकजाँचकै क्रममा हेटौंडाबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ४ ख ७४३५ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा नागर्जुनका ३३ वर्षीय सुन्दर खड्कालाई पक्राउ गरेको छ ।

उनको साथबाट लागूऔषध फेनारगन १७ एम्पल, नुफिन १७ एम्पल र डाईजेल्याब १७ एम्पल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

पक्राउ परेका ३ जनैमाथि लागूऔषध कारोबार ऐन अन्तरगत मुद्दा चल्ने जनाइएको छ ।

– रोशन दानीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment