Comments Add Comment

कोइराला परिवारका तीन सदस्यलाई १२१ किलोको माला

४ फागुन, वीरगञ्ज । कोइराला परिवारका तीन सदस्यलाई १२१ किलोको माला लगाइएको छ ।  गिरिजाप्रसाद कोइराला फाउन्डेसन, जिल्ला कार्य समिति पर्साले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक र नेता शेखर कोइराला र जीपी कोइराला फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालालाई एउटै माला लगाएर सम्मान गरिएको हो ।

फाउन्डेशनले वीरगञ्जको आदर्शनगरस्थित बाल मन्दिरमा लोकतन्त्र शान्ति र विकासका लागि फोटो प्रदर्शनी, विचार गोष्ठी तथा कार्यालय उद्घाटन समारोहको आयोजना गरेको थियो । फोटो प्रदर्शनीमा कोइरालाको तस्वीरहरु राखिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी सुजताले कोइराला परिवार एक भएको बताइन् । ‘विगार्ने भत्काउने मान्छेहरु होलान तर, हामी सबै मिलेर सरसल्लाह गरेर काम गर्छौं’ उनले भनिन्, ‘एकदम मिलेका छौं, उचाल्ने पछार्ने काम नगर्नुस्, त्यसमा टाउको दुखाउनु पर्दैन, आफ्नो काममा ध्यान दिनुस् ।’

कांग्रेसमा आन्तरिक कलह र गुटबन्दी अन्त्य नभएसम्म पार्टी कमजोर रहने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment