Comments Add Comment

झापा ११ सामू एपीएफ स्तब्ध

४ फागुन, बुटवल । विभागीय टिम एपीएफ क्लबलाई स्तब्ध बनाउँदै झापा ११ ले तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

बुटवल ११ देवीनगरस्थित एन्फा एकेडेमीमा शनिबार भएको उद्घाटन खेलमा झापाले एपीएफलाई २-० गोल अन्तरले हराएको हो । खेलमा झापाले ८ औं मिनेटमा कप्तान कर्ण लिम्बुको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुमा एपीएफले अर्को गोल खायो । ५० औं मिनेटमा बुद्धबल तामाङले गोल गरेका हुन् ।

आइतबार सुनसरी ११ र आयोजक रुपन्देही ११ बीच खेल हुनेछ । फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार, उपविजेताले ५ लाख ५० हजार पाउने आयोजक रुपन्देही फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment