Comments Add Comment

कलकत्ता हुँदै रेलमार्गमार्फत हुने ढुवानीमा ईसीटीएस अनिवार्य

२० वटा कन्टेनर सहितको रेल वीरगञ्जका लागि छुट्यो

४ फागुन, वीरगञ्ज । भारतको कलकत्ता बन्दरगाहबाट इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको २० ओटा कन्टेनर सहितको रेल छुटेको छ ।

कलकत्ता बन्दरगाहबाट रेलमार्ग हुँदै नेपालका लागि छुट्ने कन्टेनर कार्गोमा ईसीटीएस अनिवार्य लागू गरिएपछि २० वटा कन्टेनर सहितको रेल छुटेको हो ।

शुक्रबार साँझ कलकत्ताबाट हिँडेको रेल ५ दिनमा वीरगञ्ज स्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुग्ने दावी गरिएको छ ।

ईसीटीएस लागू हुनुअघि शुक्रबार साँझसम्म कलकत्ता बन्दरगाहमा नेपालका लागि समान बोकेर आईपुगेका ६ सय कण्टेनर छन् ।

ती कन्टेनरलाई भने पुरानै पक्रियाबाट पठाईने बन्दरगाह कार्यालयले जनाएको छ । भन्सार प्रक्रियामा गइसकेका ती कण्टेनर १ हप्ताभित्रै ढुवानी गरिसक्ने प्रतिबद्धता भारतीय कण्टेनर निगम लिमिटेड कन्कोरले जनाएको छ ।

समुऽी बन्दरगाहमार्फत रेलमार्गबाट हुने नेपाली मालबस्तु आयातमा देखिएको झन्झटिलो भन्सार प्रक्रिया हटाइएको छ । त्यसको सट्टामा कागजातको आवश्यकता नपर्ने ईसीटीएस प्रविधि जडान गरिएको छ ।

शुक्रवार साँझ ईसीटीएसको विधिवत उद्घाटनपछि जीपीएस ट्रयाकिङ सिस्टम जडित २० वटा कन्टेनरसहितको रेल नेपाल पठाइएको कलकत्ता स्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयले जनाएको छ ।

महावाणिज्यदूत एकनारायण अर्याल, कलकत्तापोर्ट ट्रष्ट, कलकत्ता बन्दरगाह भन्सार, र भारतीय कन्टेनर निगम लिमिटेड -कोन्कर)का अधिकारीहरूले हरियो झण्डा देखाएर ईसीटीएस जडान गरिएको कण्टेनर बोकेको रेललाई बिदाई गरेका थिए ।

महावाणिज्यदूत अर्यालले कोलकत्ता बन्दरगाहमा कागजी प्रक्रिया हटेर ईसीटीएस लागू हुनु नेपालको व्यापार सहजीकरणमा सुखद शुरुआत भएको बताए ।

यसअघि कलकत्ता बन्दरगाहमा विद्यमान भन्सार प्रक्रियाका कारण काममा ढिलासुस्ती हुने गरेको, सिपिङ कम्पनी र आयातकर्ताका प्रतिनिधिले अनावश्यक खर्च देखाएर रकम लिने गरेको गुनासो नेपाली व्यापारीहरुले गर्दै आएका थिए ।

भन्सारको कागजी प्रक्रिया हटाइएपछि नेपालको समुऽपार व्यापारमा ढुवानी सस्तो र सरलीकरण विश्वास छ । अहिले कोलकाताबाट वीरगञ्जसम्म प्रतिकण्टेनर ढुवानी खर्च ६५ हजार भारतीय रुपैयाँ लाग्दै आएको छ ।

ईसीटीएस लागू भएपछि सिपिङ कम्पनीले नै नेपाल स्थित गन्तब्यसम्म ढुवानीको जिम्मा लिने भएकाले कोलकातामा एजेण्टको भूमिका हट्नेछ ।

कलकत्ता बन्दरगाहमा जडान गरिएको विद्युतीय शील सीमावर्ती रक्सौल स्थित भन्सारले प्राविधिक परीक्षणपछि खोल्नेछ । त्यसपछि मात्रै कण्टेनरलाई नेपाल पठाईन्छ ।

अब आयातकर्ताले कलकत्ताबन्दरगाहमा पूरा गुर्नपर्ने प्रक्रिया सीमावर्ती भारतीय भन्सारमा गर्नुपर्नेछ । पहिलो चरणमा रेलमार्गमा मात्रै लागु गरिएको ईसिटिएसलाई पछि सडकमार्गमा पनि लागु गर्ने तयारी भईसकेको छ ।

तेस्रो मुलुकबाट मात्रै नेपालमा बाषिर्क १ लाख कण्टेनर समान लिएर आउने गरेका छन् । १५ देखि २० प्रतिशत ढुवानी विशाखापटनम् बन्दरगाह मार्फत भईरहेको छ भने बाँकी कण्टेनरको ढुवानी कलकत्ताबन्दरगाहबाटै हुने गरेको छ । कोलकातामा भएको प्रक्रियागत सुधारले पारवहन खर्चमा उल्लेख्य कमी आउने विश्वास नेपाली आयातकर्ता र व्यापारीहरुले गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं यातायात व्यवस्थापन समितिका संयोजक अशोक टेमानी कलकत्ता नेपालको व्यापारका लागि लाईफलाईन भएको बताउँछन् ।

‘पुरानो सिस्टममा त हामी युज टु नै छौं, नयाँ सिस्टममा जाँदा केहि समस्या त पक्कै आउँछ,’ उनले भने ‘कलकत्तामा डिष्टर्ब हुँदा नेपालको व्यापारमा समस्या आउँछ, कलकत्तामा सुधार आउँदा त्यसको सकारात्मक प्रभाव अवश्य देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment