Comments Add Comment

पहिलो टेष्टमा परेराले श्रीलंकालाई जिताए

४ फागुन, काठमाडौं । कुशल परेराको अविजित १५३ रनको मदतमा श्रीलंकाले पहिलो टेष्टमा दक्षिण अफ्रिकामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।

३०४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३ विकेटको क्षतिमा बनाएको ८३ रनबाट चौथो दिनको खेल थालेको थियो । परेरा १२ रनमा क्रिजमा थिए । सुरुमा नै लगातार दुई विकेट गुमाएको श्रीलंकाका लागि परेरा र धनन्जय डी सिल्भाले छैटौं विकेटका लागि ९६ रनको साझेदारी गरे । त्यसपछि श्रीलंकाले लगातार विकेट गुमायो तर, एउटा पारी सम्हालेर बसेका परेरले जित दिलाइछाडे ।

उनी १५३ रनमा अविजित रहे ।

पहिलो पारीमा दक्षिण अफ्रिकाले २३५ रन बनाएको थियो भने श्रीलंका १९१ रनमा समेटिएको थियो । दोस्रो पारीमा दक्षिण अफि्रका २५९ रनमा समेटियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment