Comments Add Comment

पुलवामा आक्रमणबारे पाकिस्तानले मुख खोल्यो

काठमाडौं । कश्मीरको पुलवामामा भएको चरमपन्थी आक्रमणबारे पाकिस्तानले मुख खोलेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले यसको निन्दा गरेका छन् र हिंसा आफ्नो देशको बाटो नभएको बताएका छन् ।

४० सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा पाकिस्तानको हात रहेको भारतले बताएको छ । उसले यसको उचित जवाफ दिने समेत बताएको छ ।

पाकिस्तानको जियो समाचार च्यानलसँग कुरा गर्दै विदेशमन्त्री कुरैशीले भनेका छन्, ‘जुन घटना भएको छ, त्यसको म निन्दा गर्छु ।’ भारतीय आरोपतर्फ संकेत गर्दै उनले अघि भनेका छन्, ‘हिंसा न हाम्रो बाटो थियो न हुनेछ ।’

भारतले कुनै छानविन नै नगरी पाकिस्तानमाथि आरोप लगाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘पाकिस्तानमाथि आरोप लगाउनु एक मिनेटको कुरा हो । तर, आज विश्व यसबाट प्रभावित हुनेछैन ।’

विश्वले यो घटनाको निन्दा गरेको र गर्नु पनि पर्ने भन्दै उनले भनेका छन्, ‘जसरी ज्यानको क्षति भएको छ, यसलाई कसैले पनि क्षमा गर्न सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment