Comments Add Comment

बार्सिलोनाको कठिन जित, मेस्सीको निर्णायक गोल

५ फागुन, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडमाथि कठिन जित हात पारेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रियल भलाडोलिडलाई १-० गोलको कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले गोल गरे ।

खेलको ४३औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा बार्सिलोनाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।

खेलको दोस्रो हाफमा बार्सिलोनाले एकपछि अर्को उत्कृष्ट गोल गर्ने अवसर खेर फाल्यो । खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएको थियो । यसअघि पेनाल्टीबाटै गोल गर्दै अग्रता दिलाएका मेस्सी यो पटक भने पेनाल्टीमा सफल हुन सकेनन् । उनले पेनाल्टीबाट गोल गर्न मिस गरेसँगै बार्सिलोनाले दोब्बर अग्रता बनाउनबाट चुकेको थियो ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै शनिबार राति भएको खेलमा एट्लेटिको मडि्रडले रायो भालेकानोलाई १-० गोलअन्तरले पराजित गर्दा लेभान्टेले सेल्टा भिगोलाई ४-१ ले र रियल सोसाइडेडले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको छ ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मडि्रडको २४ खेलबाट ४७ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment