Comments Add Comment

आजका पत्रिका : नियुक्तिपत्र नै नपाई सकियो वाइडबडी छानबिन आयोगको म्याद

वाइडबडी खरिद अनियमितता छानबिन गर्न गठित आयोग पदाधिकारीले नियुक्तिपत्र नै नपाई म्याद सकिएकोदेखि अनियमिततामा मुछिएका उच्चपदस्थ अधिकारीले उन्मुक्ति पाएकासम्मका खबरलाई आजका पत्रिकाले प्राथमिकतामा राखेका छन् । त्यस्तै, वीरको इमरजेन्सी, धनुषाको किशोरी हत्यालगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले वाइडबडी जहाज खरिद अनियमितता छानबिनका नाममा सरकारले जनताको आँखामा छारो हालेको निष्कर्ष निकालेको छ । छानबिन आयोग गठन गरे पनि त्यसका पदाधिकारीले नियुक्तिपत्र नै नपाई ४५ दिने म्याद सकिएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

वाइडबडी अनियमितता छानबिन गर्न मन्त्रिपरिषद्ले गत १९ पुसमा पाटन उच्च अदालतका पूर्वमुख्इन्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । नयाँ पत्रिकाका अनुसार, आयोगको म्याद शनिबार समाप्त भए पनि यसका अध्यक्ष पराजुलीले अहिलेसम्म यसको औपचारिक जानकारी पाएका छैनन् ।

अध्यक्ष पराजुलीले नयाँ पत्रिकासँग भनेका छन्– आयोग गठन भयो र मलाई अध्यक्ष बनाइयो भन्ने जानकारी मिडियाबाट पाएँ । त्यत्तिकै भरमा काम कसरी गरुँ ?’

संविधान जारी भएयताको साढे ३ वर्षमा मुलुकमा दर्जनौं ठूला अनियमितता भए पनि संलग्न उच्च पदस्थहरुमाथि कारबाही नभएकोलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीदेखि गोपाल पराजुलीसम्मका उच्चपदस्थ अनेक अनियमिततामा फसे पनि सातखत माफी पाएको कान्तिपुर समाचारको सार छ ।

अन्नपूर्णले धनुषामा बलात्कारपछि जलाइएकी बालिकारे मुख्य समाचार लेखेको छ भने नागरिकले वीरको अव्यवस्थित इमरजेन्सी उपचार कक्षबारे चिरफार गरेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment