Comments Add Comment

नेविसंघ अध्यक्षमा ऋषिकेशको दाबी

५ फागुन, काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा ऋषिकेशजंग शाहले दाबी गरेका छन् । नेविसंघका पूर्वउपाध्यक्ष शाहले नेतृत्व दावी गर्दै त्यसको लागि अभियान पनि शुरु गरेका छन् ।

उनले शनिबार नेपाल ल क्याम्पसमा ‘एकताबद्ध नेविसंघका लागि साझा अभियान’ नामक कार्यक्रम आयोजना गरे । कार्यक्रममा शाहले, अहिलेको परिस्थितिमा नेविसंघलाई एकताबद्ध बनाएर हाँक्ने भन्दै पार्टीले अब नेविसंघको नेतृत्व आफूलाई दिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाही, निवर्तमान सहमहामन्त्री बद्री मुडभरी, महेश्वरी कुँवर, प्रेमराज जोशी, निवर्तमान केन्द्रीय सदस्यहरु प्रेम शाही, पदम भट्टराई, चन्द्र विक, सिर्जना भट्ट, मदन भन्डारी, पूर्वकेन्द्रीय सदस्यहरु र बिभिन्न क्याम्पसका स्ववियु सभापतिहरु सहभागी थिए ।

नैनसिंह महर नेतृत्वको कार्यसमिति खारेज भएपछि नेतृत्व हात पार्न नेविसंघमा नेताहरुको हानथाप छ ।

हाल नेविसंघको उमेर हद लागु नगरी तदर्थ समिति गठनको तयारी भइरहेको छ । नेविसंघको विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागु गर्ने उल्लेख भए पनि महाधिवेशन नहुन्जेलसम्म उमेर हद नलगाइ तदर्थ समिति बनाउने तयारी नेताहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment