Comments Add Comment

सातादेखि बाजुराको टेलिफोन सेवा अवरुद्ध

५ फागुन, मार्तडी । बाजुराका विभिन्न स्थानीय तहको टेलिफोन सेवा एक सातादेखि अवरुद्ध भएको छ । अविरल वर्षासँगै परेको हिमपातले टेलिफोन सेवा अवरुद्ध हुन पुगेको हो ।

सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा मुगु दुई र हुम्लाको एक स्थानीय तह गरी सात स्थानीय तह एक सातादेखि सञ्चारविहीन बनेका हुन् । हिमपातसँगै चट्याङले टावरमा क्षति पुयाएपछि एक सातादेखि सञ्चारविहीन बनेको नेपाल टेलिकम बाजुरा शाखाका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार बडीमालिका नगरपालिका–७ मा पर्ने कालाजाग्रामा रहेको टावर बिग्रेका कारण सञ्चारबिमुख बनेका हुन् ।

उत्तरी भेगका चार स्थानीय तह सञ्चार सेवाबाट पूर्णरुपमा बिमुख बनेका छन् । त्यस्तै हुम्लाको ताक्लाकोट गाँउपालिका, मुगुको खत्याड गाउँपालिका पनि सञ्चारसेवा छैन् ।

कालाजाग्रामा हिउँ भएकाले कर्मचारी जान नसक्ने अवस्था भएकाले केही दिनमा पुगेर टावरको अवस्था बुझी चाँडै सञ्चालनमा ल्याउने टेलिकम शाखाको भनाइ छ । अहिले पनि हिमपात नरोकिएका कारण टावर मर्मतका लागि उक्त क्षेत्रमा जान समस्या भएको छ ।

सात स्थानीय तह नै सञ्चारविहीन भएपछि सूचना आदनप्रदान गर्न समस्या आएको बूढीनन्दा नगरपालिका नगरप्रमुख पदमकुमार गिरीले बताए ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको आँटीचौरमा रहको टावरमा पनि चट्याङ पर्दा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment