Comments Add Comment

के साम्राज्ञीको बोली फेरिएको हो ?

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई स्टार कलाकार होइन कि स्टार कलाकारलाई आफू चाहिने बताएकी थिइन् । चलचित्रमा हिट हुनका लागि तपाइलाई अनमोल केसी नै चाहिने हो भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् ।

साम्राज्ञीको यो बोलीले राम्रै चर्चा पनि पाएको थियो । तर, नायक भूवन केसी र अनमोल केसी भने यो कुरामा असन्तुष्ट थिए । अब, उनै साम्राज्ञीले आफ्नो बोलीमा परिवर्तन गरेकी छिन् । साम्राज्ञीलाई पत्रकारले अनमोल केसीसँग काम गर्ने बिषयमा सोधेका थिए । उनले भनिन्–‘हामी दुइलाई नै सुहाउँदो भूमिका आएको खण्डमा पक्कै पनि गर्नेछु ।’

उनले, अनमोल केसी र आफूलाई जोडी बनाउने गरि कुनै पनि चलचित्रबाट अफर नआएको पनि बताइन् । तर, आफै सधै नै अनमोलसँग काम गर्न तयार भएको उनले सुनाइन् । साम्राज्ञीले अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को गीत र ट्रेलर आफूलाई निकै मन परेको समेत बताइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अब चाडै नै नायक पुष्पल खड्का र प्रदिप खड्कासँग काम गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment