Comments Add Comment

१५–२० जनाको भोज नखाई बिहे गर्दिनँः आँचल

नायिका आँचल शर्माको करिअरमा कामको भन्दा बढी प्रेमको चर्चा छ । आँचल शर्मालाई अब बिहे कहिले गर्ने भन्ने प्रश्न सोझिन थालेको छ । नायक पल शाहसँग प्रेममा रहेको चर्चा रहेतापनि आँचलले अझै यसलाई स्विकार गरेकी छैनन् ।

उनै, नायिका शर्मा नायक संजोग कोइराला र नायिका बर्षा राउतको बिहे पार्टीमा पुगिन् । कालो रंगको पहिरनमा पुगेकी उनले आफूलाई यो रंग मनपर्ने बताइन् । आँचललाई पत्रकारले तपाइको बिहे भोज कहिले खान पाइन्छ भनेर प्रश्न सोधेका थिए । आँचलले बिहेको प्रश्नमा सुरुमा नाक खुम्च्याइन् ।

यसको जवाफमा आँचलले भनिन्–‘मेरो त अहिले नै तयारी छैन । अझै १५–२० जनाको भोज खान्छु, मोटाउँछु अनी बिहे गर्छु ।’ आँचलले अझै केही बर्ष बिहेको कुनै योजना आफ्नो नरहेको संकेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment