Comments Add Comment

झण्डै १ करोडको लगानीमा भरतपुरमा खुल्यो ‘प्रेसिडेन्ट सेकुवा’

३ फागुन, चितवन । झण्डै एक करोडको लगानीमा चितवनको भरतपुरमा ‘प्रेसिडेन्ट सेकुवा’ सञ्चालनमा आएको छ ।

मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौंमा चलेको ‘प्रेसिडेन्ट ग्रुप अफ होटल’ को आठौँ शाखाको रुपमा भरतपुरमा सेवा विस्तार गरिएको प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए ।

बजारमा सञ्चालन रहेका सेकुवा कर्नरहरु भन्दा छुट्टै विशेषतासहित प्रेसिडेन्ट सेकुवाले आˆनो शाखा चितवनमा लगेको उनको भनाइ छ ।

काठमाडौंमा प्रेसिडेन्टका ६ वटा तथा उपत्यकाबाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ । शाखामा विभिन्न कलात्मक आकृतीहरु कुँदिएको छ ।

सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि -मल्टी क्विजन), किड्स प्ले रुम, व्यवसायिक मिटिङ, वाषिर्क साधारण सभा तथा शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था हुने सञ्चालक भण्डारीले जानकारी दिए ।

किड्स प्ले रुममा बच्चाहरुलाई निःशुल्क व्यवस्था गरिने उनले बताए ।  प्रेसिडेन्ट सेकुवामा ठूलो स्कि्रनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापनीज शैली ‘काराओके’ समेत रहने छ ।

शाखामा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने १५० जना अट्ने हल र एक सय जना अट्ने रेष्टुरेष्ट एवं क्याविनहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment