Comments Add Comment

काठमाडौंमा कक्षा ८ को परीक्षा चैत ३ गतेदेखि

५ फागुन, काठमाडौं । काठमाडौंमा आधारभूत तह (कक्षा ८) को परीक्षा चैत ३ गतेदेखि हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले आइतबार सूचना जारी गरी चैत ३ देखि १२ गतेसम्म कक्षा ८ को परीक्षा हुने जानकारी दिएको हो ।

शिक्षा स्थानीय तह मातहत आएपछि महानगरपालिकाले महानगरस्तरीय आधारभूत तहको परीक्षा सञ्चालन गर्न लागेको हो । महानगरपालिकाको शिक्षा विभागका प्रमुख सिताराम कोइरालाका अनुसार चैत ३ गते अंग्रेजी विषयको परीक्षा हुनेछ ।

चैत ४ गते नेपाली, ५ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा, ७ गते विज्ञान तथा वातावरणको परीक्षा हुने तालिका सार्वजनिक गरिएको छ ।

यस्तै चैत ८ गते (क) नैतिक शिक्षा,(ख) स्वास्थ्य तथा शारीरिक शिक्षा, १० गते गणित, १ गते पेशा, व्यवसाय र प्रविधिको परिक्षा हुनेछ ।

चैत १२ गते अन्तिम दिन मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषयको परीक्षा हुने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment