Comments Add Comment

मेलबर्न रेनिगेट्सले जित्यो बिग ब्यास लिग, सन्दीपको टिम पराजित

काठमाडौं । बिग बास लिग क्रिकेटको उपाधि मेलबर्न रेनिगेट्सले जितेको छ । आइतबार भएको मेलबर्न डर्बीमा मेलबर्न स्टार्सलाई १३ रनले हराएको हो ।

रेनिगेट्सले दिएको १४६ रनको लक्ष्य पछ्याएको स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । उसको सुरुवात भने राम्रो थियो ।

बेन डक र मार्कर स्टोनिसले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । यो साझेदारी टुटेसँगै मेलबर्न स्टार्स धरासायी भयो । डक ५७ र स्टोनिस ३९ रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको मेलबर्न रेनिगेट्सले २० ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन दिए । तर, विकेट भने लिन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment