Comments Add Comment

दूतावासको पहलमा अष्ट्रेलियामा फहराइयो नेपाली झण्डा

क्यान्वेरा / दुई दशक भन्दा पुरानो इतिहास बोकेको अष्ट्रेलियाकै महत्वपूर्ण क्यान्वेरा बहुसाँस्कृतिक मेलाको परेडमा दूतावासको पहलमा पहिलो पटक नेपालको प्रतिनिधित्व हुने प्रदर्शनी  गरिएको छ ।

शुक्रबार , शनिवार र आइतबार तीन दिनमा करिब तीन लाखजनाले प्रत्यक्ष अवलोकन गरेको बहुसाँस्कृतिक मेलामा क्यान्वेरास्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्धन गराउने उद्देश्यले स्टल राखी सर्वसाधारणलाई जानकारी प्रदान गरेको छ ।

साथै दूतावासका कर्मचारीहरुद्वारा नेपाल भ्रमणको निम्तो पनि दिइएको छ ।

क्यान्वेरा राष्ट्रिय बहुसाँस्कृतिक मेला आफ्नो कार्यकालको पहिलो अनुभव भएको र नेपाली सहभागिता आफूले सोचे भन्दा राम्रो रहेको कार्यबाहक राजदूत दुरपदा सापकोटाले बताइन् ।

स्थानीय नेपाली संघ संस्था र नेपाली समुदायको सहयोगमा छोटो समयमै तय भएको उक्त र्‍यालीमा नेपाली पहिचान गराउने झण्डा र ब्यानर बोकी नेपाली भेषभुषामा सजिएर नगर परिक्रमा गर्दा उपस्थित् सर्बसाधारणको ध्यान नेपाली झन्डामा केन्द्रित भएको थियो भने अष्ट्रेलियन टेरिटोरी सरकारले तैयार गरेको भिडियोमा समेत नेपाली झन्डालाई पनि चित्रण गरिएको छ ।

चिनिया मुलका साम चोङ्ग ले नेपाली झन्डा संसारमै अलग पहिचान बोकेको भनि तारिफ गरेका थिए भने क्यान्वेरा कि रोज्मारी वुड नेपाली टोली आउन साथ नमस्ते नमस्ते गर्दै उत्साहित भएकी थिइन् ।

राजधानीको मुटुमा आयोजना हुने यस्तो महत्वपूर्ण महोत्सवमा नेपाली झाकीलाई अझ बढी आकर्षक बनाउनसके नेपाली कला संस्कृतिको प्रवर्धन गर्न सकिने कार्यवाहक राजदूत सापकोटाले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment