Comments Add Comment

न्यु भी रोठोको प्रायोजनमा निःशुल्क आँखा जाँच

५ फागुन, काठमाडौं । न्यु भी रोठोको प्रायोजनमा दृष्टी आँखा अस्पतालले एक दिने निःशुल्क आँखा जाँच कार्यक्रम काभ्रेको मदन देउपुरमा सम्पन्न गरेको छ । जापानको नं १ ब्रान्डको रुपमा परिचित भी रोठो ले आँखाको सुरक्षाका लागि सहयोग गरिएको बताएको छ ।

दृष्टी आँखा अस्पतालको डाक्टर रोहित सैजुको पहलमा आयोजना गरिएको कार्यक्रममा २५० भन्दा बढी मानिसहरु आँखा जाँच गर्न आएका थिए । उपस्थित सबैजनालाई डाक्टर सैजुले जाँच गरेका थिए ।

आँखाको रक्षा गर्नु र यसलाई विभिन्न रोगहरुबाट बचाउनु कार्यक्रमको मुख्य उद्देश्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment