Comments Add Comment

बालिकालाई बलात्कार गर्न खोज्ने पक्राउ

५ फागुन, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिका ४ की एक सात वर्षीया बालिकालाई जर्वजस्ती करणी गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २ प्रहरी कार्यालय, जनकपुरधामका अनुसार सोही नगरपालिकाका २२ वर्षीय आकाश भण्डारीलाई पक्राउ गरिएको हो । भण्डारीले ७ वर्षीया बालिकालाई गत फागुन २ गते ट्युसन पढाइ दिन्छु भनी पीडितकै घरको कोठामा मुख मैथुन गरेको तथा जबरजस्ती करणी गर्न खोजेको भन्दै बालिकाको परिवारले इलाका प्रहरी कार्यालय केशरगंज, सर्लाहीमा लिखित जाहेरी दिएका थिए ।

भण्डारीलाई इलाका प्रहरी कार्यालय केशरगंज, सर्लाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको तथा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment