Comments Add Comment

‘रुमालै छ चिनो’की नायिका भन्छिन्–‘फिल्मले प्रेम, वियोग र विरताको कथा भन्छ’

ज्योती फिल्मस्को प्रस्तुतीमा तयार भएको चलचित्र ‘रुमालै छ चिनो’ यही शुक्रबारदेखि रिलिज हुँदैछ । चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्की, अप्सना थापाको मुख्य भूमिका छ । चलचित्रको प्रचारका क्रममा कलाकार अप्सना थापा मात्र अगाडि आएकी छिन् । उनले मिडियासँग कुराकानी गर्दै आफूलाई यो चलचित्रबाट धेरै आशा रहेको बताइन् । उनले भनिन्–‘हो, यो चलचित्रको कथा राम्रो छ । श्रीमान् वा प्रेमी लाउरे भएर विदेश जाँदा स्वदेशमा श्रीमती, प्रेमिकाले भोग्ने दुखको कथामा चलचित्र बनेको छ ।’

उनले, चलचित्र हेरिसकेपछि दर्शकले आफ्नो भूमिकालाई मन पराउने दाबी समेत गरिन् । यस्तै, चलचित्रका निर्देशक दिनेश सिंह ठकुरीले विदेशमा हुने युद्धमा नेपाली यूवाहरुले कसरी आफ्नो विरता देखाएका छन् भन्ने कथामा चलचित्र बनेको बताए । उनले भने–‘हामीले यो चलचित्र बनाउँदा अध्ययन पनि गरेका छौ । चलचित्रमा प्रेम, रोमान्स, भावना, वियोग सबै छ ।’

उनले यो चलचित्र सिंगल थिएटर केन्द्रित भएको समेत स्पष्ट पारे । यस्तै, कलाकार अप्सनाले चलचित्रले लाउरे नेपालीको मर्म बोकेको बताइन् । चलचित्रमा समावेश गरिएको कथाले दर्शकको मन छुने विश्वास उनको छ । चन्द्र बहादुर खड्काको लगानीमा तयार भएको चलचित्रमा दिपक ढकाल र रामप्रसाद पाण्डे सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment