Comments Add Comment

भेनेजुएला र अमेरिकाबीच दुई पटक वार्ता

५ फागुनकाराकास (रासस/सिन्ह्वा) । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुईपटक बैठक भइसकेको पुष्टि गरेका छन् ।

दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुईवटा बैठक भइसकेको उनले शनिबार जानकारी दिएका हुन् ।

हामीले दुईवटा बैठक सम्पन्न गरिसकेको साँचो होतर त्यसका बारेमा मैले सबै विवरण दिन सक्दिनँमैले गोपनीयताको ख्याल गर्नु पर्दछ,” उनले भने ।

भेनेजुएलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उनले एक अर्कालाई राम्रोसँग चिन्ने गरी र विषयवस्तुलाई बुझ्ने गरी छलफल गरेको बताए ।

उनले थपे, “बैठकमा विवादका कुराहरु भएअरु गहिरो मतभिन्नताका कुरा भएसँगसगै आपसी चासोका बारेमा पनि एक अर्कालाई बतायौँ ।

उनले यी बैठकहरुबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको पनि जानकारी दिए।

भेनेजुएला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्नका लागि एउटा साझा निकाय बनाउने बारेमा पनि छलफल भएको भेनेजुएलाका विदेश मन्त्रीले उल्लेख गरे ।

अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुएलाका प्रतिनिधिहरुको दुई पक्षीय बैठकका बारेमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पुरै जानकारी भएको पनि विदेश मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment