Comments Add Comment

पारदर्शी नभए बैंकिङ क्षेत्रमा हस्तक्षेप हुनसक्छः अर्थमन्त्री

५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैकिङ क्षेत्र पारदर्शी तरिकाले नचलेमा हस्तक्षेप हुने बताएका छन् । उद्योगी-व्यवसायीले बैंक ब्याजदर नियन्त्रणका लागि सरकार गुहारिरहँदा खतिवडाले वित्तिय बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुनसक्ने बताएका हुन् ।

नेसनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) सञ्चालनको १० बर्ष पुगेको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा ‘प्रतिस्पर्धा हुनपर्छ । न्यूनतम नाफा कमाउने कुरामा द्विविधा छैन, तर बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुन्छ ।’

शनिबार प्रधानमन्त्रीले आफ्नै निवासमा उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले ब्याजदर घटाउनुपर्ने बताएका थिए । आइतबार नै अर्थमन्त्रीले बैंकको ब्याजदरको सन्दर्भमा नैतिक समस्या देखिएको बताए ।

अर्थमन्त्रीले बैंकले लागत कम गरेर सेवा चुस्त बनाउन जरुरी रहेको भन्दै उद्यमीले उद्यमी र बैंकरले बैंकर बनेर काम गर्नुपर्ने बताए ।

सबैले आफ्नो भूमिका निभाउँदा समस्या नहुने उनको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगी व्यवसायीले मागजस्तो तुरुन्तै कर्जामा दोहोरो अंकबाट ब्याजदर एकलमा र्झन नसक्ने बताए ।

उनले तीन बर्षअघिको जस्तो ब्याज दर नखोज्न ब्यवसायीलाई आग्रह गर्दै अहिले त्यो अवस्था नरहेको प्रष्ट पारे ।

‘व्यवसायीले एकल अंकको ब्याजदर भनिरहनु भएको, तर, अहिले ३ वर्षको पहिलो जस्तो अवस्था छैन,’ उनले भने,’बैंकको प्रभावकारिता बढाएर मात्रै ब्याजदर तीन-चार वर्षमा उहाँहरुले भनेको दरमा ल्याउन सकिएला ।’

उनले तरलता पर्याप्त भए मात्र यस्तो अवस्था आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment