Comments Add Comment

कृष्ण वली र रुपाको जीवनमाथि नाटक ‘रुपाकृ’

सोमबारदेखि सर्वनाम थिएटरमा मञ्चन हुँदै

रुकुमका कृष्ण वलीले गएको जेठमा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाए । यसपछिका उनका दिन कसरी विते ? बखान गर्ने हो भने त्यो दुःखको महाभारत बन्छ ।

गरिखाने हात-खुटा नै गुमाउनु परेपछिका ति विपतमा उनकी रुपाले उनको सक्दो आडभरोसा दिइन् । उनले अशक्त पतिका तन र मनको घाउमा महल्म-पट्टी लगाइदिइन् । उपचार गर्दागर्दै ४५ लाखको ऋण लागिसकेको थियो ।

कृष्ण र रुपाको यो विलौना युट्युबमा कसैले पोखिदिए । त्यहसपछि भने उनीहरुको आँशु पुछ्न देश विदेशका नेपाली एकढिक्का भए । उनीहरुको जीवनमा खुसी फर्कियो । सबैको सद्भाव र प्रेमले उनीहरुको श्यामश्वेत जीवन सप्तरंगी भइदियो ।

झट्ट सुन्दा कुनै कुनै कथा जस्तो लाग्ने कृष्ण-रुपाको जीवनमाथि अहिले नाटक बनेको छ । भोलि सोमबारदेखि प्रदर्शनमा आउने भएको छ । स्थान हो, कालिकास्थानस्थित सर्वनाम थिएटर । यो नाटक हरेक दिन साँझ पाँच बजेदेखि ६ बजेसम्म मञ्चन हुनेछ । शनिवार अतिरिक्त शो दिउँसो एक बजे पनि हुनेछ ।

फागुन ६ गतेदेखि १२ गतेसम्म मञ्चन हुने नाटकलाई रेनुका कार्कीले निर्देशन गरेका हुन् ।

‘मायाको परिभाषा नै फितलो बन्दै गएको अहिलेको अवस्थामा रुपा र कृष्णको कथा आफैमा एक आदर्श प्रेमको नमुना हुनसक्छ’ निर्देशक कार्की भन्छिन्, ‘उनीहरुको प्रेम अहिलेको समाजका निम्ति अनुकरणिय बन्न सक्छ ।’

नाटकका प्रस्तुतकर्ता हुन्, नविन अवाल । ‘बिजुली मशिन’ जस्तो अब्बल दर्जाको चलिचत्र निर्देशन गरिसकेका अवालले यो नाटकले एक ‘अमर प्रेमगाथा’ भन्ने बताएका छन् । ‘परिवारको मायाले एउटा मान्छेको जीवन कति पूर्ण र सार्थक हुन्छ भन्ने कुरा नाटकमा दर्शाइएको छ’ नविन भन्छन् ।

नाटकमा कृष्णको भूमिका सुदीपजंग कार्कीले निर्वाह गर्दैछन् । उनी यसअघि मञ्चन भएको बार्बरिक नाटकका पनि मूख्य कलाकार हुन् । उनीसँगै सुशिला बजगाईले मूख्य भूमिका निर्वाह गर्नेछिन् ।

यो पनि पढ्नुहोस कृष्ण वलीका लागि जुट्यो झण्डै दुई करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment