Comments Add Comment

३ हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

५ फागुन, सप्तरी । राजविराजस्थित मालपोत कार्यालयबाट घुससहित दुईजना कर्मचारी पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिएको भन्दै नायवसुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग कम्प्युटर अपरेटर साहले ३ हजार रकम लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले साहलाई पक्राउ गरेको हो ।

साहले उक्त रकम लिन नायवसुब्बा शर्माले आदेश दिएको बताएपछि शर्मालाई पनि नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

नायव सुब्बा मुद्दा फाँटका कर्मचारी हुन् । उनले जग्गा सम्बन्धी विवाद मिलाइदिने भन्दै एक सेवाग्राहीसँग कम्प्युटर अपरेटर साहमार्फत् रकम लिन लगाएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment