Comments Add Comment

१३ वर्षपछि टेष्ट क्रिकेटमा अष्ट्रेलियाका बलर शीर्षस्थानमा

५ फागुन, काठमाडौं । टेष्ट क्रिकेटमा अष्ट्रेलियाका बलर १३ वर्षपछि शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार सार्वजनिक गरेको विश्व बरियतामा अष्ट्रेलियाका पट कुमिन्स शीर्ष स्थानमा उक्लिएका छन् । योसँगै अष्ट्रेलियाका बलर १३ वर्षपछि टेष्ट क्रिकेटको बलिङ बरियताको शीर्ष स्थानमा उक्लिएको हो ।

८७८ रेटिङ नम्बर पाउँदै शीर्ष स्थानमा उक्लिएको हो । यसअघि सन् २००६ मा अष्ट्रेलियाका ग्लेन म्याकगरथ टेष्ट क्रिकेटको शीर्ष स्थानमा उक्लिएका थिए । त्यसयता अहिलेसम्म शीर्ष स्थानमा अष्ट्रेलियाका कुनै पनि खेलाडी पुग्न सकिरहेका थिएनन् ।

कुमिन्स शीर्ष स्थानमा उक्लिदा दोस्रो स्थानमा भने इंग्ल्यान्डका जेम्स एन्डर्सन रहेका छन् ।

टेष्ट क्रिकेटको शीर्ष स्थानमा भने भारतका कप्तान विराट कोहली रहेका छन् । दोस्रो स्थानमा भने न्यूजील्यान्डका कप्तान केन विलियम्सन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment