Comments Add Comment

२१ औं तिलोत्तमा गोल्डकप : रुपन्देही ११ विजयी

५ फागुन, बुटवल । पाहुना टोली सुनसरी-११ लाई पन्छाउँदै रुपन्देही-११ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुटवल-११ देवीनगरस्थित एन्फा रंगशालामा आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुनसरीलाई सडेन डेथमा २-१ ले स्तब्ध बनाउँदै रुपन्देही विजयी भएको हो ।

निर्धारित समयसम्म गोलरहित र पेनाल्टी प्रहारमा ५-५ गोलको बराबरी भएपछि खेल सडेनडेथमा धकेलिएको थियो । जसमा सुनसरी-११ का उमेश राईको प्रहार रुपन्देहीका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरेसँगै रुपन्देहीको जित सुनिश्चित बनेको हो ।

रुपन्देहीका सबि गुरुङ र निशान राईको प्रहार सफल भएको थियो । सोमबार समूह खमा रहेका संकटा क्लब र च्यासल युथ क्लबबीच खेल हुने आयोजक संघका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा दुई विदेशी टिमहरु क्यामरुनको दाफिन्स एफसी र भारतको ब्रदर्स युनाइटेडसहित १० टिमले खेल्दैछन् । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार,उपविजेताले ५ लाख ५० हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment