Comments Add Comment

यू–२१ फुटबल टिमको विदाई

५ फागुन, काठमाडौं । भारतको गुवाहाटीमा हुने यू–२१ नर्थ इष्ट फुटबल च्याम्पियनसिपमा भाग लिने नेपाली टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सातदोबाटोमा कार्यक्रम गर्दै यू–२१ फुटबल टिमलाई विदाई गरेको हो ।

यू–२१ नर्थ इष्ट फुटबल च्याम्पियनसिपकै लागि भनेर गत माघ २९ गते एन्फाले २० सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेको थियो । प्रतियोगिता यही फेब्रुअरी १९ देखि २८ तारिखसम्म भारतको गुवाहाटीमा हुदैछ ।

नेपाली यू–२१ राष्ट्रिय टिम

गोलकिपर : सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी
डिफेन्डर : राजन गुरुङ, अशिम भूषाल, विश्वास उदास, रन्दिप पौडेल, गौतम श्रेष्ठ, छिरिङ गुरुङ
मिडफिल्डर : अनिल महर्जन, अरिक विष्ट, मनिष थापा, मिक्चेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ, प्रेजिन तामाङ
वैकल्पिक खेलाडी : अभिषेक बराल, सनिस श्रेष्ठ, अरुज सिंह र ऋतिक खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment