Comments Add Comment

द भोइस अफ नेपालका विजेता बेलायतमा

बेलायत / द भोइस अफ नेपालका विजेता र प्रतियोगीहरु बेलायतका बिभिन्न शहरमा आयोजित सांगीतिक कार्यक्रममा ब्यस्त छन् ।

विजेता सिडी विजय अधिकारी र प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य, सप्तक दुतराज र सुरेखा क्षेत्री, विवेक वाइवा लामा र श्रेया राई ‘लाइभ इन यूके’का लागि गतसाता बेलायत आएका हुन् ।

क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टको आयोजनामा शनिबार फोक्सटनमा भएको कार्यक्रममा उनीहरुले प्रस्तुति दिएका छन् ।

डिजे हेम बिस्टले संयोजन गरेको लाइभ ब्याण्डमा लगातार ३ घण्टासम्म कलाकाहरूले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरुले लोक, आधुनिक, पप, रक सबै विधाका गीतहरुको प्रस्तुत गरे ।

कार्यक्रममा कांग्रेसका युबा नेता रबिप्रकाश राईले नेपालको कला, संस्कृति, संस्कारलाई जर्गेना गर्न कलाकारको महत्वपूर्ण दायित्व रहेको बताउँदै मातृभूमिप्रति बफादार कलाकारहरुलाई धन्यवाद दिएका थिए ।

आयोजक क्यान्डेजा यूकेका मार्केटिङ तथा पिआर डाइरेक्टर धिरज राईले सहभागीलाई स्वागत गर्दै कार्यक्रमले नेपाली समुदायमा थप हौसल्ला र उत्साह थपिएको बताए ।

इन्द्र गुरुङ संयोजक रहेको बेलायतकै ‘प्राज्ना’ ब्यान्डका सदस्यहरुमा थिर थापा, दिपेन्द्र थापा, सुरज गुरुंग, प्रभास गुरुङ, सागर थापा, होसियर तामाङ र महेश गुरुङ छन् ।

कार्यक्रमको सञ्चालन द भ्वाइस अफ नेपालकै होस्ट सुशील नेपाल र बेलायतमै बस्दै आएकी कलाकार सुस्मिता थापाले गरिरहेका छन् ।

द भ्वाइस अफ नेपालको थप शोहरू फेब्रुअरी १७ मा फार्नबरो, १८ मा बर्मिङहम, २३ मा लण्डन फेल्थाम, २४ मा प्लमस्टिड, मार्च १ मा ननिटन र मार्च ३ मा रेडिङमा आयोजना हुँदैछन् ।

कार्यक्रममा अन्जु श्रेष्ठले हेल्थ एण्ड सेफ्टीको बारेमा अबगत गराएकी थिइन् ।

पहिलो कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी नेपाल तरुण दल सुनसरीका अध्यक्ष एबम समाजसेबी युवा नेता सिजन गुरुङ्ग थिए ।

क्याडेन्जा यूकेका प्रमुख सल्लाहकार एबम एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहा मगर पोखरा ट्राभलका निर्देशक तथा तमु धि यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरूङ आइएमई लन्डनका प्रमुख कमल पौडेल,जिनर्जीका निर्देशक श्री लिम्बू पनि कार्यक्रममा सहभागी थिए ।

यस्तै, पिपल मोर्गेजका निर्देशक सुर्यप्रकाश गुरुङ लगायत संचारकर्मी नवीन पोख्रेल, धुर्बराज अर्याल, शिब भण्डारी समेतको उपस्थिति रहेको थियो, साथै आयोजक क्याडेन्जा यूकेको महिला संयोजक अञ्जु श्रेष्ठ, युथ कोअर्डिनेटर अमृता गिरी गजुरेल, कल्चरल सेक्रेटरी गीता बस्नेत पाण्डेलगायतको पनि उपस्थित थियो ।

टिममा प्रकाश कंडेल पनि सहभागि थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment