Comments Add Comment

स्मार्टको सेवा ४५ जिल्लामा

५ फागुन, काठमाडाैं । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले आफ्नो नेटवर्क ४५ जिल्लामा विस्तार गरेको जनाएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, विरगञ्ज, विराटनगर लगायत प्रमुख शहरमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको छ ।

विस्तारसँगै कम्पनीको फोरजी सेवा १९ जिल्लामा, टूजी सेवा २६ जिल्लामा पुगेको छ । स्मार्टको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कन्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ्ग, झापा तथा सुन्सरीमा पुगिसकेको कम्पनीले जनाएको छ ।

यो मोबाइल डाटाको लागि संसारमै रुचाइएको प्रविधि रहेको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment