Comments Add Comment

पदाधिकारी नियुक्तिको माग गर्दै वीर अस्पतालका कर्मचारीको धर्ना

५ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी नियुक्तिको माग गर्दै वीर अस्पतालको आधिकारिक कर्मचारी युनियनले आइतबार पाँचौ दिन पनि धर्ना दिएको छ ।

उनीहरुले आइतबार दिउँसो एक बजेदेखि दुई बजेसम्म धर्ना दिएका हुन् । वीर अस्पताल कर्मचारी युनियनका महासचिव दीपक मुडवरीले भने,‘न्याम्समा पदाधिकारी रिक्त भएको एक सय ९४ दिन वितिसक्दा पनि सरकारले पदाधिकारी नियुक्त गर्न तदारुकता नदेखाउनु दुर्भाग्यको कुरा हो ।’

पदाधिकारी नहुँदा वीर अस्पतालमा मेडिकल, सर्जिकल, केमिकल, प्याथोलोजी, रेडियोलाजीलगायतका अत्यावश्यक सामान अभाव भएको छ । कर्मचारीहरूले समयमा तलवसमेत पाएका छैनन् ।

‘नेपालको सबैभन्दा ठूलो स्वास्थय संस्था पदाधिकारी विहिन हुनु दुखको कुरा हो’ महासचिव मुडवरीले भने ‘त्यसैले, हामीले न्यासमा छिटो भन्दा छिटो पदाधीकारीको नियुक्तीको माग राख्दै विगत यो धर्ना कार्यक्रमको आयोजना गरेका हौं ।’

गत साउन २३ गते न्याम्स पदाधिकारी विहिन भएपछि प्रधानमन्त्री एवं न्याम्सका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सका सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकवत्मा डा धर्मकान्त बास्कोटा र डा सुशील नाथ प्याकुरेलसहितको उपकुलपति सिफारिश समिति गठन गरेका थिए ।

सो समितिले उपकुलपतिका लागि मागेको निवेदनमा २२ जना चिकित्सकले आवेदन गरेका थिए ।

जसमध्ये ६ जना वरिष्ठ चिकित्सक समितिको छनोटमा परेकोमा मन्त्रालयले पुन ११ जना विज्ञ अन्तर्वार्ता समिति बनाएर ६ जनामध्ये ३ जनाको नाम सिफारिश गरेको थियो । सोही नाम उपकुलपति सिफारिस समितिले प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री समक्ष असोज १ गते पेश गरेको थियो ।

जसमा डा. डी एन शाह पहिलो नम्बरमा, डा. ढुन्डीराज पौडेल दोस्रोमा र डा. अजित रायमाझी तेस्रो नम्बरमा थिए । तर प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीच कुरा नमिल्दा पदाधिकारी नियुक्त हुननसकेको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment