Comments Add Comment

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको जिल्ला कमिटी नै विघटन

५ फागुन, काठमाडौं । नवलपरासीमा क्रान्तिकारी पत्रकार महासंघको जिल्ला कमिटी नै विघटन भएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीनिकट पत्रकारहरुको संगठनको जिल्ला कमिटीमा आवद्ध सबैले सामूहिक राजीनामा दिएका हुन् ।

आइतबार विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य नारायण भण्डारी, जिल्ला अध्यक्ष घनाश्याम पोखरेलसहितका ८ सदस्यीय कमिटी पदाधिकारीले पदमा नरहेको उल्लेख गरेका छन् ।

आगामी दिनमा कुनै दल निकट भएर कुनै पनि संगठनमा नबस्ने तथा स्वतन्त्र रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील हुने उनीहरुको भनाइ छ । तर, संगठन छाड्नुको कारण भने उनीहरुले खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment