Comments Add Comment

सांसदले चोरे स्याण्डविच, संसदमा विरोधपछि दिनुपर्यो राजीनामा

काठमाडौं । नेपालका नेता तथा कार्यकर्ताहरुलाई चोर फटाहा तथा कुकुर भनेको कुरा अहिले निकै विवादमा छ । दुनियामा नेपाल मात्र लुट्न पाउने देश हो भनेर पनि प्रचार गरिएको छ । तर युरोपेली देश स्लोभेनियामा हालै एउटा यस्तो घटना भएको छ, त्यसले हाम्रो देशका कलाकारहरुलाई नै चुनौति दिएको छ ।

स्लोभेनियामा एकजना सांसदले सुपर मार्केटबाट एउटा स्याण्डविच चोरेको घटनाले त्यहाँ बबण्डर भएको छ । सांसदले स्याण्डविच चोरेको घटनाको त्यहाँको संसदमा तीव्र विरोध पनि भयो । अन्ततः ती सांसदले आफ्नो गल्ती स्विकार गर्दै राजीनामा पनि दिएका छन् ।

स्लोभेनियाको सत्ताधारी दलका सांसद दारजी क्रेजिसिच अघिल्लो हप्ता संसदमा देशको सुरक्षा प्रणालीको विषयमा भएको बहसमा सहभागी भएका थिए । त्यहिबेला उनले आफूले एउटा सुपर मार्केटबाट स्याण्डविच चोरेको खुलासा गरे ।

उनका अनुसार एउटा सुपर मार्केटमा स्याण्डविच किन्न गएको बेला हातमा स्याण्डविच लिएर पैसा तिर्न जाँदा समेत सुपर मार्केटका कुनैपनि कर्मचारीले उनलाई ध्यान दिएनछन् । उनले केही समय पर्खिए । तर कसैले पनि मतलब नगरेपछि उनी हातमा स्याण्डविच लिएर बाहिरिए ।

जब ती सांसदले आफुले स्याण्डविच चोरेको खुलासा गरे, तब तत्कालै विपक्षी सांसद तथा उनकै दलका सांसदहरुले पनि विरोध जनाए । स्याण्डविच चोरेर उनले ठूलो गल्ती गरेको सांसदहरुको ठहर थियो । सबै सांसदले एक मुखमा विरोध जनाएपछि ती सांसदले सभामुख समक्ष आफ्नो राजीनामा पेश गरे ।

सांसद दारजीले संसदमा आफैंले आफ्नो अपराधको खुलासा गरेका थिए । तर त्यो आफ्नो एउटा सोसल एक्सपेरिमेन्ट रहेको उनको दाबी छ । संसदमा हुने यस सम्बन्धी बहसमा आफुले आफ्नै अनुभव समेत बताउन पाइयोस् भनेर आफूले त्यस्तो काम गरेको उनको जिकिर छ । बिहान सित्तैमा स्याण्डविच चोरेर ल्याएपनि बेलुकी आफू आफै उक्त सुपर मार्केटमा त्यसको पैसा चुक्ता गर्न गएको पनि उनले बताएका छन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment