Comments Add Comment

पुलवा हमलामा निधन भएका सैनिकका परिवारलाई अक्षयको ५ करोड सहयोग

बलिउड नायक अक्षय कुमारले पछिल्ला केही बर्षयता खेलेका चलचित्रलाई हेर्ने हो भने, उनी राष्ट्रियता बोकेका कथामा बढी केन्द्रित छन् । उनै, अक्षय कुमार भारतमा विभिन्न समयमा च्यारेटी गर्न पनि अगाडि छन् । भलै, उनी आफूले गरेको च्यारेटीको प्रचार पनि खुलेरै गरिदिन्छन् ।

केही दिन अगाडि मात्र भारतको पुलवामा भएको हमलामा ४० जना भन्दा बढी भारतीय सैनिकको निधन भएको थियो । अहिले यसले भारत र पाकिस्तानविचको सम्बन्धमा पनि ठूलो दरार उत्पन्न भएको छ ।

बलिउड नायक अक्षय कुमारले यो हमलामा सहिद भएकाहरुको परिवारलाई ५ करोड सहयोग गरेका छन् । उनले, ट्विटरमा पनि रकम कलेक्शनका लागि पहल अगाडि बढाएका छन् । अक्षयले यो हमला आफूहरुले कहिले पनि विर्सन नसक्ने उल्लेख गर्दै अब सहिदका परिवारलाई सहयोग गर्ने समय आएको पनि उल्लेख गरेका छन् ।

यस्तै, बलिउड नायक अमिताभ बच्चनले पनि सहिद भएका जवानका हरेक परिवारलाई ५ लाख सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment